रिटर्नी फेडेरेशन रुपन्देहीको प्रथम जिल्ला भेला
एकदेब सापकोटाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन
तिलोत्तमा । नेकपा एमालेको भातृ संगठन रिटर्नी फेडेरेसन नेपाल रुपन्देहीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । भेलाले एकदेब सापकोटाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज लिला गिरीले युवाहरुले विदेशमा आर्जन गरेको ज्ञान, सीप र पूजीलाई देश निर्माणमा लगाउनुपर्ने बताउनुभयो ।
सीता बस्यालको अध्यक्षतामा भएको भेलामा रिटर्नी फेडेरेसन नेपाल का केन्द्रिय अध्यक्ष चन्द्रबहादुर रोकाहा, नेकपा एमाले केन्द्रिय सदस्य तथा रुपन्देही सहइन्चार्ज शिवराज सुवेदी, रिटर्नी फेडेरेसन नेपालका केन्द्रिय उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज नेत्र थनेत, रिटर्नी फेडेरेसनका केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज हिरा खराल, फेडेरेशनका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज कृष्ण भुसाललगायतले बोल्दै समूहिक कार्यप्रणालीको विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
रिषािराम बस्यालको स्वागत तथा सुभाष रिजालको संचालनमा भेला सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया