00:00:00
राष्ट्रिय

प्रतिनिधिसभाको वैठक आज पनि वस्ने

आज बस्ने बैठकमा पनि एमसीसी टेबल नहुने
शुक्रबार फाल्गुण ६, २०७८/ Friday 02-18-22

तिलोत्तमा । प्रतिनिधिसभाको वैठक आज पनि वस्ने भएको छ आज बस्ने बैठकमा पनि एमसीसी टेबल नहुने बताईएको छ । संसद् सचिवालयले सार्वजनिक गरेको आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा एमसीसी टेबल गर्ने प्रस्ताव उल्लेख गरिएको छैन । यद्यपि, सभामुख अग्निप्रसाद सापकोटाले कार्यसूचीको सन्दर्भमा छलफलका लागि विहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । उक्त बैठकमा सहमति जुटेमा भने एमसीसीको प्रस्ताव कार्यसूचीमा पर्नेछ । तर, अहिलेसम्म एमसीसीको विषयमा सत्ताधारी दलहरूबीच सहमति बनेको छैन । हिजो साँझ तीन घण्टा बसेको सत्ता गठबन्धनको बैठकले एमसीसीको सन्दर्भमा सहमति जुटाउन नसकेपछि गठबन्धको अर्को बैठक आज बोलाइएको छ । 

तपाईको प्रतिक्रिया