राष्ट्रिय
स्थानीय तहको चुनावका लागि आजदेखि दल दर्ता हुँदै
बिहीबार फाल्गुण ५, २०७८/ Thursday 02-17-22
काठमाडौं ।
२०७९ सालको वैशाख ३० गते हुने स्थानीय तहको आउँदो चुनावका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आजदेखि फागुन १५ गतेसम्मको समय दिएको छ । आयोगले दल दर्ता खुला गर्दै फागुन १५ गतेसम्म कार्यालय समयभित्र निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिनुभयो ।
आयोगले दल दर्ता निवेदनको ढाँचा आफ्नो वेबसाइटमा राखेको छ । निर्वाचन आयोगमा अहिले एक सय ६ वटा दल दर्ता भएका छन् । गएको माघ २४ गतेको मन्त्रिपरिषद्को बैठकले वैशाख ३० गते शुक्रवार एकै चरणमा स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको थियो ।
तपाईको प्रतिक्रिया