स्थानिय
लुम्बिनी सूचना तथा सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको आज २३ वार्षिक साधारण सभा हुँदै
बिहीबार माघ २७, २०७८/ Thursday 02-10-22
लुम्बिनी सूचना तथा सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको आज २३ वार्षिक साधारण सभा हुँदैछ । साधारण सभाको तयारी पूरा भएको छ । विक्रम संवत २०५६ साल माघ २७ गते श्रीपञ्चमीको दिन पहिलोपटक नेपालमा काठमाण्डौ उपत्यकाबाहिर रेडियो लुम्बिनी गुञ्जिएको थियो । कोभिड १९ का कारण गत २४ गतेदेखि सुरु भएको संस्थाको २३ औ वार्षिक साधारण सभाको मूल समारोह आंशिक भौतिक र भर्चुअल रुपमा हुँदैछ । २३ औ वार्षिक साधारण सभाका अवसरमा संस्थाका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले शुभकामना व्यक्त गर्दै सबैसँग सहकार्य र समन्वय एवं सहयोगको अपेक्षा राख्नुभएको छ ।
तपाईको प्रतिक्रिया