लुम्बिनी सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका सदस्य, समाजसेवी पुनको निधन
बुटवल २०७८ माघ २५
लुम्बिनी सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका सदस्य, बुटवल क्षेत्रका पुराना औषधी व्यवसायी तथा समाजसेवी खेम पुनको निधन भएको छ । ६० वर्षीय पुनको मष्तिकघातका कारण आज निधन भएको पारिवारिक स्रोतले जनाएको छ । पुनको उपचारका क्रममा काठमाडौँको मेडिसिटी अस्पतालमा आज निधन भएकोे खेम–ओमी पुन कल्याणकारी प्रतिष्ठानका उपाध्यक्ष नारायणप्रसाद पन्थले बताउनुभयो ।
ओमी पुन कल्याणकारी प्रतिष्ठानले प्रत्येक वर्ष चिकित्सा तथा इन्जिनियर अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रावृद्धि प्रदान गर्दै आउनुभएको थियो । औषधि व्यवसाय गर्दै आएका पुन शनिबार विशेष बैठकका लागि विराटनगर पुग्नुभएको थियो । बैठक कै क्रममा असहज लागरे बाहिरिनुभएका उहाँ बेहोस अवस्थामा भेटिए पछि उपचारका लागि अस्पताल लगिएको थियो ।
हेलिकप्टरमार्फत काठमाण्डौंस्थित मेडिसिटी अस्पताल पुर्याएर उपचाररत उहाँको मंगलबार बिहान १२ बजे अस्पतालले मृत्यु भएको घोषणा गरेको पन्थले बताउनुभयो । पुन संरक्षक रहेको प्रतिष्ठानले हालसम्म २५ जना चिकित्सक तथा इन्जिनियर उत्पादन गरेको छ ।
तपाईको प्रतिक्रिया