स्थानिय
लामो समयदेखि धुम्मिएको तराई क्षेत्रमा घाम लागे पछि चिसोबाट राहत
सोमबार माघ १७, २०७८/ Monday 01-31-22
माघ १७, तिलोत्तमा । लामो समय देखि धुम्मिएको तराई क्षेत्रमा घाम लागे पछि चिसोबाट राहत भएको छ ।
तराई क्षेत्रमा घाम लागे पनि प्रदेशका पहाडी भू–भागमा मौसम बदली हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना छ ।
आज दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागको मौसम आंशिकदेखि सामान्यबदली रही बाँकी भू–भागमा आंशिक बदली रहने मौसमविद राजु प्रधानाङ्गले जानकारी दिनुभयो । यस्तै‚ उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । राति पनि पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद प्रधानाङ्गले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया