00:00:00
राष्ट्रिय

धादिङमा पहिरोमा पुरिएकाहरूको खोजीका

हेलिकप्टरबाट सशस्त्रको टोली
बिहीबार पौष २९, २०७८/ Thursday 01-13-22

काठमाण्डौ २०७८ पौष २९

      धादिङमा सडक खन्ने क्रममा पहिरो जाँदा बेपत्ता भएकाहरूको खोजीका लागि सशस्त्र प्रहरीको टोली हेलिकप्टरमार्फत घटनास्थल पुगेको छ ।

प्रहरी निरीक्षक (इन्स्पेक्टर) को नेतृत्वमा १० जनाको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । आज बिहीवार बिहान साढे ७ बजे रुबी भ्याली गाउँपालिका वडा नम्बर १ मा खसेको पहिरोमा तीन जना पुरिएका छन् ।

डोजरले सडक खनिरहेको बेला झरेको पहिरोले डोजरसहित डोजर चालक काभ्रे घर भएका आकाश तामाङ, सहचालक राजु तामाङ र सडक निर्माण समितिका सदस्य स्थानीयवासी अनिस तामाङ बेपत्ता भएका प्रहरीले जनाएको छ ।

मौसममा खराब भएकाले खोजीमा समस्या भएको छ । अहिले पनि सामान्य हिमपात भइरहेको र अझै पहिरो झर्ने सम्भावना रहेको स्थानीयवासीले बताएका छन् ।

तपाईको प्रतिक्रिया