00:00:00
स्थानिय

शव लिएर रिडीतर्फ जाँदै गरेको बस दुर्घटना : ७ जनाको मृत्यु,

आइतबार पौष १८, २०७८/ Sunday 01-02-22

कृष्ण पोखरेल, पाल्पा
२०७८ पौष १८

        बुटवल वुद्धनगर बाट शव बोकेको रिडी हिडेको बस रिब्दीकोट गाउँपालिका वडा नंं २ लघुवामा दुर्घटना भएको छ । शव बोकेर रिडी तर्फ जादै गरेको बस दुर्घटना हुँदा ७ जनाबढीको मृत्यु भएको स्थानीयले बताएका छन ।

  आज बिहान १०ः ३० बजेको समयमा लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको हो । बसले चापैकै अवस्थामा ३ जना व्यक्ति रहेको स्थानीइ लघुवाका विश्व कार्कीले बताउनुभयो । अहिले बसले च्यापिएका व्यक्तिको उद्धारमा स्थानीय र प्रहरी जुटेको कार्कीले भन्नुभयो ।

    बसमा करिव ३५ जना मलामी सवार रहेको बताइएको छ । बसमा सवार ६ जना गम्भीर घाइते रहेको हुँदा उपचारका लागि तानसेन ल्याएको र  बाकीको अवस्था सामान्य रहेको छ । अहिले प्रहरी र स्थानीयसहितको टोलीले उद्दार कार्य गर्दै आएको छ ।  दुर्घटनाको थप विवरण आउन बाकी रहेको पाल्पा प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया