काठमाण्डौ २०७८ पौष १७
सन्तुलित आहारका लागि अण्डा महत्वपूर्ण खाद्यवस्तु हो । यो सस्तो र सर्वसुलभ पाउन सकिन्छ । काखे बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि अण्डा लाभदायी मानिन्छ । जुनसुकै रोगका बिरामीका लागि पनि पोषणमा अण्डा दिने गरिन्छ ।
नेपालजस्तो विकासोन्मुख राष्ट्रमा कुपोषणका कारण बर्सेनि धेरैले अकालमा ज्यान गुमाउने गर्दछन् भने कतिपय बिकलाङ्ग भएर जीवनयापन गरिरहेका छन् । “अण्डा पोषणको प्याकेज हो ।” मानिसलाई आवश्यक पर्ने खानेकुराको प्याकेज नै अण्डा भएको फिजिसियन डा भोजराज अधिकारी बताउनुहुन्छ । चिल्लोपना, कार्बोहाइटेड कम र प्रोटिन बढी अण्डामा पाइन्छ । अधिकारीले “शरीरको वृद्धि विकास बढी हुनुपर्यो, कार्बोहाइटेड र चिल्लो कम हुनुपर्यो ।” बताउनुभयो।
अहिले नसर्ने रोग मधुमेह, उच्च रक्तचाप, कोल्डस्टोर सबैको कारण धेरै कार्बोहाइडेट र चिल्लोपना भएको उनको भनाइ छ । यी दुईवटा कुरा कम हुन र प्रोटिन बढाउने कुरा अण्डा र कुखुराको मासुमा पाइने अधिकारीले बताउनुभयो । ६० ग्रामको अण्डामा आठ ग्राम प्रोटिन पाइने भन्दै अधिकारीले भन्नुभयो “दैनिक दुई वटा अण्डा खायो भने तीन भागको एक भाग उच्च गुणस्तरको प्रोटिन पाइन्छ ।” यसले मानिसको शरीरमा आवश्यक प्रोटिन पु¥याउन सहयोग पुग्छ ।
ज्वरो आउँदा, गर्भवती हुँदा अण्डाको उपभोग गर्न हुने भन्दै अधिकारीले अण्डाको पहेँलो भाग केही मात्रामा खान हुने उनको तर्क छ । मानव शरीरलाई दैनिक ३०० मिलिग्राम कोलस्टोर चाहिने भन्दै उहाँले एउटा अण्डामा २०० मिलिग्राम कोलस्टोर हुने बताउनुभयो । मस्तिष्क र मुटुलाई अण्डाले राम्रो गर्दछ ।“हृदयघात हुनबाट पनि यसले रोक्न सहयोग पुर्याउँछ ।” अण्डाको पहेँलो भागमा भिटामिन तथा खनिज हुन्छ भने सेतो भागमा प्रोटिन हुन्छ । मानिसलाई आवश्यक अधिकांश पोषणतत्व यसबाट प्राप्त गर्न सकिने अधिकारीले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया