00:00:00
स्थानिय

रुपन्देहीको सैनामैना–३ स्थित जनज्योति आधारभुत विद्यालयमा चोरी

सोमबार पौष १२, २०७८/ Monday 12-27-21

रुपन्देही बुटवल
२०७८ पौष १२

   रुपन्देहीको सैनामैना–३ स्थित जनज्योति आधारभुत विद्यालयमा चोरी भएको छ । अज्ञात समूहले शनिबार विद्यालय तोडफोड गरि नगद ५० हजार चोरी गरेको विद्यालयका प्राधानाध्यापक बुद्ध प्रसाद गौतमले बताउनुभएको छ ।

विद्यालयको प्रशासीनक कार्यालयको एक दराजमा राखीएको पैसा चोरी भएको र ल्यापटप समेत फुटाइएको विद्यालयका प्राधानाध्यापक गौतमले जानकारी दिनुभयो । शुक्रबार दिउँसो ४ बजे विद्यालय बन्द गरेपछि आइतबार विहान १० बजे विद्यालयका शिक्षक स्कुल पुग्दा सो घटना थाहा पाउना साथ विद्यालयले इलाका प्रहरी कार्यालय रन्यौरा प्रहरीमा निवेदन पेश गरेको छ ।

घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई कानुनी उपचार गर्न प्रहरीलाई आग्रह गरिएको छ । घटनाको अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरिक्षक जिवन लामीछानेले भन्नुभएको छ ।घटना कसरी घट्यो,कस्लो घटायो भन्ने अहिलै नै एकिन नभएको र अनुसन्धान पछि यथार्थ पत्ता लाग्ने प्रहरी निरिक्षक लामीछानेको भनाई छ ।

 

 

 

 

 

तपाईको प्रतिक्रिया