00:00:00
अन्तराष्ट्रिय

गुगललाई नौ करोड ८० लाख अमेरिकी डलर बराबरको जरिबाना

शनिबार पौष १०, २०७८/ Saturday 12-25-21

काठमाण्डाै २०७८ पौष १०

     विश्व प्रसिद्ध अमेरिकी कम्पनी गुगललाई रुसकाे मस्काेमा रहेकाे एक अदालतले जरिबाना गर्ने भएको छ ।

       हिजाे गुगललाई नौ करोड ८० लाख अमेरिकी डलर बराबरको जरिबाना गर्ने अदालतले आदेश दिएको हो । रूसी अधिकारीहरूले ठूला विदेशी प्राविधिक कम्पनीविरूद्धको कारबाहीलाई अघि बढाउँदै अवैध सामग्रीहरू हटाउन नसकेको अभियोगमा गुगललाई जरिबाना गर्ने भएको हाे ।  

अदालतले गुगलले केही युरोपेली देशलेजस्तै अवैध सामग्री राखेको भन्दै आपत्ति जनाउँदै यस्ता सामग्री हटाउन दबाब दिँदै आएको छ । अदालतको प्रेस सेवाले जरिबाना सम्बन्धी टेलिग्राममार्फत् जानकारी गराएको उल्लेख गरिएको छ ।  

इन्टरनेट सर्च, क्लाउड कम्प्युटिङ र विज्ञापनको क्षेत्रमा अत्याधिक लगानी गरेको गुगल संयुक्त राज्य अमेरिकाको एक बहुराष्ट्रीय सार्वजनिक कम्पनी हो । इन्टरनेटमा आधारित बहुसङ्ख्यक सेवा तथा उत्पादनहरूको आयोजना तथा विकास गरेर आफ्नो विज्ञापनजन्य कार्यक्रम‘एडवर्ड्स’को माध्यमबाट नै गुगलले नाफा कमाउँछ ।

 

 

 

 

 

तपाईको प्रतिक्रिया