00:00:00
स्वास्थ्य

भोलिदेखि ५७ जिल्लामा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको मोडर्ना खोप दिइँदै

शनिबार पौष ३, २०७८/ Saturday 12-18-21

काठमाण्डाै २०७८ पौष ३

        भोलिदेखि प्रदेश-१ का ११, प्रदेश-२ का पाँच, वाग्मतीका सात, गण्डकी, लुम्बिनी, कर्णालीका नौ/नौ जिल्ला र सुदूरपश्चिमका सात जिल्ला गरी ५७ जिल्लामा बालबालिकालाई मोडर्ना खोप दिन दिइँदैछ ।

प्रदेश-१ मा ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर रहेका छन् भने प्रदेश-२ मा सिरहा, महोत्तरी, सर्लाही, रौतहट र बारा तथा वाग्मतीमा दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, रामेछाप र मकवानपुर रहेका छन।

   गण्डकीका प्रदेशका गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी पूर्व, स्याङ्जा र पर्वत जिल्ला तथा लुम्बिनीका रुकुम पूर्व, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दिया जिल्ला रहेका छन । त्यसइ गरी कर्णालीका डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, रुकुम पश्चिम र सल्यान जिल्ला तथा सुदूरपश्चिमका बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुरमा बालबालिकालाई खोप दिन लागिएको मन्त्रालयले जनाएको छ । ५७ जिल्लामा भोलिदेखि १४ गतेसम्म मोडर्ना खोप दिन लागिएको हो ।

मन्त्रालयका अनुसार अरु जिल्लामा भने फाइजर खोप लगाइने र त्यसको तयारी भइरहेको छ । सरकार बालबालिकालाई विद्यालयबाटै खोप दिने तयारीमा रहेको छ । सम्बन्धित वडाले विद्यार्थीलाई पायक पर्ने गरी विद्यालयहरुमा खोप केन्द्र निर्धारण गर्ने खोप शाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया