00:00:00
स्थानिय

लुम्बिनी स्थित बसपार्कमा १० पसलमा आगलागी, करोडको क्षति

शुक्रबार पौष २, २०७८/ Friday 12-17-21

भैरहवा २०७८ पौष २  
 
    लुम्बिनी बिकास कोष भित्र रहेका माला पसलमा आगलागी हुँदा १० वटा पसलमा क्षति पुगेको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका -६ बसपार्क क्षेत्रमा रहेका माला बेच्ने पसलमा राति करिब ३ बजे आगलागी भएको र करिब ३० मिनेटमै प्रहरी, शसस्त्र प्रहरी, दमकलको सहयोगमा नियन्त्रणमा आएको प्रहरीको भनाइ छ ।

चिसो छल्नका लागि बालेको आगो पसलमा सल्किए पछी पसलमा रहेका माला,मूर्ति, हस्तकला लगायतका सामान जलेर नष्ट भएकाछन  ।

रुपन्देही प्रहरी प्रवक्ता डि एस पि नवरत्न पौडेलका अनुसार आगलागीबाट करिब १ करोड रुपैंया बराबरको क्षति भएको छ भने आगलागी नियन्त्रण गर्ने क्रममा जस्तापाताले पोलेर ४ जना प्रहरी घाइते भएको छन ।   

 

तपाईको प्रतिक्रिया