00:00:00
स्थानिय

तिलोत्तमामा नगरस्तरीय सरसफाई ८० औं श्रृंखलामा

बिहीबार पौष १, २०७८/ Thursday 12-16-21

रुपन्देही-तिलोत्तमा
२०७८ पुस १

             रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित समुदायमा आधारित सरसफाई अभियानको ८० औं श्रृंखलामा पुगेको छ ।

       ८० औं श्रृंखला अन्तर्गत् बिहीबार वडा नं. ३ को सीमानगरमा नगरस्तरीय सरसफाई गरिएको छ । कोभिड—१९ को कारण प्रभावित सरसफाई अभियानले केही समययता निरन्तरता पाएसँगै समुदाय स्तरमा हुने सरसफाईमा नगरबासीहरु पुनः सक्रिय हुन थालेका छन् ।
नगर प्रमुख, कार्यवाहक वडाध्यक्ष, वडा सदस्यलगायतका जनप्रतिनिधि, कर्मचारी, विभिन्न टोल विकास संस्था, क्लव, आमा समूहलगायतको सहभागितामा सरसफाई गरिएको हो । यस्तै नगरमा रहेका विभिन्न टोल विकास संस्थाहरुले समेत बिहीबार आ–आफ्नो क्षेत्रमा सरसफाई गरेका छन् ।
तिलोत्तमाले पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणालाई प्रभावकारी बनाउन सरसफाई अभियानलाई प्राथमिकतामा राख्दै आएको छ । नगरपालिकाले हरेक महिनाको १ र १५ गते नगर स्तरीय सरसफाई अभियान सञ्चालन गर्दै आएको छ भने टोल विकास संस्थाहरुले तोकिएका दिनका अतिरिक्त शनिबार वा सार्वजनिक बिदाको दिनमा समेत सरसफाई कार्यक्रम गर्दै आएका छन् ।

     सरसफाई अभियानलाई सम्बोधन गर्दै नगर प्रमुख बासुदेव घिमिरेले तिलोत्तमाले भौतिक विकाससँगै मानवीय विकासलाई पनि उत्तिकैं महत्व दिएको बताउँदै नगरलाई सफा, स्वच्छ, हराभरा बनाउने दायित्व सबै नगरबासीको भएको बताउनुभयो । उहाँले सबैको सामूहकि प्रयासले नगरपालिकालाई स्वच्छ, सफा र हराभरा बनाउन बनाउन सकिने बताउँदै जथाभावी फोहोर गर्नेलाई कारवाही हुने स्पष्ट पार्नुभयो । सो अवसरमा कार्यवाहक वडाध्यक्ष तेजबहादुर गुरुङलगायतले सरसफाईमा स्थानीय समुदायको भूमिकाका बारेमा प्रकाश पार्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया