स्वास्थ्य
नेपालमा पनि भेटियाे काेराेनाकाे नयाँ भेरियन्ट 'ओमिक्राेन'
सोमबार मङ्सिर २०, २०७८/ Monday 12-06-21
काठमाण्डौ २०७८ मंसिर २०
नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले नेपालमा दुई जना व्यक्तिमा ओमिक्रोन भेरियन्ट सङ्क्रमणकाे भएकाे जानकारी दिनुभयो ।
एक जना विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका अर्का नेपालीमा संक्रमण पुष्टि भएको हो । दुवै जनाले कोरोना भाइरस विरूद्धको खोप पनि लगाइसकेको मन्त्रालयले जनाएकाे छ ।
तपाईको प्रतिक्रिया