00:00:00
राष्ट्रिय

महाधिवेशनमा सहभागी हुन एमाले अध्यक्ष ओली चितवन

बिहीबार मङ्सिर ९, २०७८/ Thursday 11-25-21

चितवन २०७८ मंसिर ९

  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली १०औँ महाधिवेशनमा सहभागी हुन चितवन पुग्नुभएकाे छ ।  शुक्रबारबाट सुरू हुने महाधिवेशनमा सहभागी हुन ओली चितवन पुग्नुभएकाे हो।   

उहासंगै ओलीपत्नी राधिका शाक्य, सुवास नेम्वाङ, गोकर्ण विष्टसहितका नेता चितवन आइपुगेका छन् ।  उहाँलाई भरतपुर विमानस्थलमा नेता/कार्यकर्ताले स्वागत गरेका थिए । यसैबीच नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा 'बादल' पनि चितवनकाे साैराहा पुग्नुभएकाे छ ।

केही नेताहरू यसअघि नै चितवन पुगिसकेका छन् भने केही पुग्ने क्रम चलिरहेको छ । भाेलि मङ्सिर १० गते शुक्रवारदेखि सुरु हुने महाधिवेशन १२ गतेसम्म चल्नेछ ।शुक्रबार नारायणी नदी किनारमा उद्घाटन कार्यक्रम हुनेछ भने बन्द सत्र सौराहामा हुनेछ । 

तपाईको प्रतिक्रिया