00:00:00
राष्ट्रिय

अन्तर्राष्ट्रिय बालअधिकार दिवस :नेपाल पनि विविध कार्यक्रम

कोरोनाले अभिभावक गुमाएका बालबालिकाको व्यवस्थापन सुरु
शनिबार मङ्सिर ४, २०७८/ Saturday 11-20-21

काठमाण्डाै २०७८ मंसिर ४

      ‘बाल्यकालको कल्पना गरी हरेक बच्चाको लागि महामारीपछिको राम्रो संसार’ भन्ने नाराका साथ यसवर्ष बालअधिकार दिवस मनाउन लागिएको छ । विश्वभर बालबालिकाको उत्थान र जीवनशैलीमा सुधारका लागि हरेक वर्ष नोभेम्बर २० तारिखमा यो दिवस मनाउने गरिन्छ ।

दिवसको अवसरमा काठमाण्डौको रानीपोखरीमा हिजो बेलुका निलो बत्ती बालिएको थियो । स्वास्थ्य मन्त्रालय, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय तथा विभिन्न सङ्घसंस्थाको आयोजनामा निलो बत्ती बालिएको हो ।

राष्ट्रिय बालअधिकार परिषद्ले अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा पारेर नेपालमा बाल अधिकारको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गरेको छ । परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले सबै पालिकामा स्वयमसेवी समूह परिचालन गरी कोभिडका कारण अभिभावक गुमाएका बालबालिकाको तथ्याङ्क सङ्कलन गरिएको बताउनुभयो ।

 कोरोनाका कारण अभिभावक गुमाएका एक सय ६९ बालबालिकाको परिषद्ले व्यवस्थापन सुरु गरेको छ । यी बालबालिकाको सरकारले अभिभावकत्व ग्रहण गर्ने नीतिअनुसार खोजी गरेको पनि उहाँले बताउनुभयो। नेपालबाट हराएका कतिपय बालबालिकाका विदेशमा समेत भेटिएका छन् ।
बाल हेल्पलाइन सेवा र बालबालिका खोजतलास सेवाको विस्तार गरी राष्ट्रिय बाल संरक्षण प्रणाली मजबुत बनाउन जरुरी रहेको परिषद्ले जनाएको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ मा भएको व्यवस्थाअनुसार स्थानीय बाल अधिकार समिति गठन आवश्यक भएको र पालिकालाई बजेट छुट्याउन समेत उहाँले आग्रह गर्नुभएको छ।

तपाईको प्रतिक्रिया