00:00:00
स्थानिय

रुपन्देहीमा कांग्रेसको मतगणनास्थलमा झडप,सचिवका उम्मेदवारसहित ५ घाइते

शनिबार मङ्सिर ४, २०७८/ Saturday 11-20-21

बुटवल २०७८ मंसिर ४

      रुपन्देहीमा नेपाली कांग्रेसको १४औं महाधिवेशनको मतगणना स्थलमा आक्रमण हुँदा ५ जना घाइते भएका छन् । देउवा पक्षका कार्यकर्ताहरुले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका कार्यकर्तालाई कुटपिट गरेका हुन् ।

मतगणनामा पौडेल पक्षबाट प्यानल नै बनाएर प्रदेश सभा क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका पुरनप्रसाद श्रेष्ठको टिमले अग्रता लिँदै गरेको अवस्थामा देउवा पक्षका कार्यकर्ताले जेनेरेटर बन्द गराएर पाँच जनामाथि हातपात र कुटपिट गरेको सभापतिका उम्मेदवार पुरनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

मध्यराती मुख छोपेर आएका केही युवाहरुले आक्रमण गर्दा क्षेत्रीय सचिवका उम्मेदवार शैलेस पन्त गम्भीर घाइते भएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको श्रेष्ठले बताउनुभयो । आक्रमणबाट समान्य घाइते भएका ४ जनाको भैरहवामा उपचार चलिरहेको छ ।  

   आक्रमण भएपछि मतगणाना स्थगित भएको छ । तरुणदल रुपन्देहीका अध्यक्ष सोम बहादुर गुरुङको नेतृत्वमा आक्रमण भएको पीडित पक्षकाले बताएका छन् । गृहमन्त्री खाँण पार्टी सभापति देउवा निकट मानिन्छन् ।

तपाईको प्रतिक्रिया