विद्युतीय चुल्हो र बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्छ : प्रधानमन्त्री देउवा
काठमाण्डाै २०७८ कार्तिक ३०
विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनुभएकाे छ ।
प्रधानमन्त्री देउवाले मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (ईपान)को १९ र २० औँ साधारणसभामा बोल्दै विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालन गर्नुपर्ने बताउनुभयाे । प्रधानमन्त्रीले विद्युतीय चुल्हो र बस सञ्चालनका लागि उद्यमी, व्यवसायीहरुलाई सरकार प्रोत्साहन गर्न तयार रहेको पनि प्रष्ट पार्नुभयाे ।
प्रधानमन्त्री देउवाले देशभर विद्युतीय सामग्रीहरुको प्रयोग गरी देशलाई नमूना बनाउनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्रीले ऊर्जा उत्पादकहरुले खल्तीमा लाइसेन्स लिएर काम नगर्ने गरेको भन्दै काम गर्न पनि आग्रह गर्नुभयो ।
प्रधानमन्त्रीले ‘हामीले किन यो ग्याँसको चुल्हो बाल्ने ? हामीसँग यति विद्युत छ कि हामी ब्याट्रीबाट गाडी चलाउन सक्छौँ । बस चलाउन सक्दछौँ । हाम्रो चुल्हो पनि इलेक्ट्रिक चुल्हो हुन सक्दछ' भन्नुभयो ।
तपाईको प्रतिक्रिया