हरि शर्मा,पूर्वी नवलपरासी
२०७८ कात्तिक ३०
पूर्वी नवलपरासी प्रहरीले ६ जना बन्दकर्तालाई पक्राउ गरेकाे छ । चाेरमारा बजारमा आज बिहान बन्द गराउंदै हिडेका नेपाल कम्युनिष्ट पार्टी (नेत्र विक्रम चन्द विप्लव समुह) का २ जिल्ला सदस्यसहित ६ कार्यकर्तालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय नवलपुरका एसपी प्रकाश मल्लले जानकारी दिनुभएको छ ।
पक्राउ पर्नेमा जिल्ला सदस्यद्वय धनबहादुर मगर, विरबहादुर थापा मगर छन् । त्यसैगरी पक्राउ पर्ने अन्यमा नरेन्द्रमान मुखिया, दीपक कुंवर, दीपक विक र मंगलसिंह कुमाल रहेकाे एसपी मल्लले बताउनुभयो । उनीहरू सबै मध्यविन्दु नगरपालिकाका हुन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धिकाे विराेधमा नेकपाले नेपाल बन्दकाे आव्हान गरेकाे छ । पक्राउ परेकासंग आवश्यक अनुसन्धान भई रहेकाे प्रहरीले जनाएकाे छ ।
बन्द आव्हानका कारण पूर्व पश्चिम राजमार्ग भएर चल्ने लामाे दुरीका सवारी साधन चलेका छैनन् । अन्य क्षेत्रकाे जनजीवन सामान्य रहेकाे प्रहरीले जनाएकाे छ ।
तपाईको प्रतिक्रिया