00:00:00
स्वास्थ्य

रुपन्देहीको तिलोत्तमामा जेब्राक्रसिङमा टिप्परले ठक्कर दिँदा ७८ वर्षिया बृद्धाको मृत्यु

मंगलबार कार्तिक १६, २०७८/ Tuesday 11-02-21

बुटवल २०७८ कार्तिक १६ 

         रुपन्देहीको तिलोत्तमा शंकरनगरमा जेब्रात्रसिङबाट सडक पार गर्दै गरेकी बृद्धालाई टिप्परले ठक्कर दिँदा ज्यान गएको छ । मंगलबार बिहान करिब ६ बजेको समयमा सडक पार गर्दे गरेकी ७८ वर्षिया प्रेमकुमारी आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गुल्मी कालीगण्डकी गाँउपालीका घर भएर तिलोत्तमा ३ सिता राईस मिल नजिकै बस्दै आएकी आचार्यको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारकै क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।।

आचार्यलाई ठक्कर दिएर टिप्पर फरार भएपनि पछि सम्पर्कमा आएको प्रहरीले जनाएको छ । प्रहरी अनुसन्धानमा लु २ ख २२१६ नम्बरले ठक्कर दिएको तथा चालक सहित टिप्पर फरार भएपनि टिप्पर मालिक प्रहरी सम्पर्कमा आएको ट्राफिक प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया