राष्ट्रिय
चालक अनुमतिपत्र छपाइका लागि १४ लाख कार्ड ल्याइँदै
मंगलबार कार्तिक १६, २०७८/ Tuesday 11-02-21
काठमाण्डाै २०७८ कार्तिक १६
चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) छपाइका लागि आवश्यक कार्ड कात्तिक महिनाभित्रै आउने भएको छ ।
डेढ वर्ष पहिले सरकारले ठेक्का सम्झौता गरेको भएपनि अहिलेसम्म कार्ड ल्याउन सकेको थिएन । दुई वर्ष पहिले सरकारले खरिद गरेको ‘मास प्रिन्टर’मा छपाइ गर्न कार्ड नमिलेपछि समस्या हुँदै आएको थियो । कार्ड एउटा कम्पनीबाट र ‘मास प्रिन्टर’ अर्को कम्पनीबाट खरिद गर्दा समस्या आएको यातायात व्यवस्था विभागले जनाएको छ ।
यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालका अनुसार पछिल्लो पटकको परीक्षणमा समस्या नभएको पाइएकाले कार्ड छिटो ल्याउनका लागि कम्पनीसँग सम्पर्क भइरहेको छ । चालक अनुमतिपत्रको पहिलो सम्झौताअनुसार १४ लाख कार्ड आउनुपर्ने विभागले जनाएको छ । यो महिनाभित्र १४ लाख कार्ड आएपछि तत्कालका लागि समस्या हट्ने विभागको दावी छ ।
तपाईको प्रतिक्रिया