00:00:00
स्थानिय

रुपन्देहीमा तिहारमा दिउसो मात्र देउसी-भैलो खेल्न पाइने !

सोमबार कार्तिक १५, २०७८/ Monday 11-01-21

बुटवल २०७८ कार्तिक १५ 

        रुपन्देहीमा तिहारमा देउसी भैलो खेल्न अनुमति दिएपनि रातीमा भने रोक लगाउने तयारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले धेरै भिड–भाड नगरी सामान्य रुपमा देउसी भैलो खेल्न दिने भएको हो । तर, जिल्ला प्रशासन कार्यालय रुपन्देहीले यस बारेमा अहिलेसम्म कुनै औपचारीक निर्णय भने नगरेको जनाएको छ।

 जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले कोरोना संक्रमणको जोखिम कायम नै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सामान्य रुपमा धेरै भिडभाड नगरी देउसी–भैलो खेल्न दिने जानकारी दिनुभएको छ ।

 ‘पराम्परागत रुपमा मनाइने चाडपर्वहरु धेरै भिडभाड नगरी सामान्य रुपमा मनाउन दिने भनेर जिल्ला प्रशासनले यस अघि नै सूचना जारी गरी जानकारी गराएको छ ।’ देउसी भैलो खेल्दा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नु पर्ने, मास्क मात्रै लगाएर हुँदैन भौतिक दूरीको समेत कायम राख्नु पर्ने अधिकारी पाण्डेले बताउनुभयो।  

दिउँसो देउसी–भैलो खेल्न दिने भए पनि रातको समयमा भने पूर्ण रुपमा प्रतिबन्ध लगाइने छ । जिल्ला प्रशासनले कति बजेसम्म देउसी भैलो खेल्न पाउने भनेर अब १/२ दिनमा नै औपचारिक रुपमा नै निर्णय गर्ने पाण्डेले भन्नुभयो । जिल्ला प्रशासनले धेरै पटका नपड्काउन सबैलाई नागरिकलाई आग्रह पनि गरेको छ । 
 

तपाईको प्रतिक्रिया