00:00:00
स्थानिय

राष्ट्रपति भण्डारीबाट भैरहवा विमानस्थलमा बुद्धमूर्ति अनावरण

आइतबार कार्तिक १४, २०७८/ Sunday 10-31-21

बुटवल २०७८ कार्तिक १४ 

       भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीबाट साढे २ अर्बभन्दा बढीको बुद्ध मूर्ति अनावरण भएको छ। बहुमूल्य धातु ‘ह्वाइट जेड’बाट बनेको बुद्धमूर्तिको आइतबार राष्ट्रपति भण्डारीले अनावरण गर्नुभएको हो।

मूर्ति अनावरण कार्यक्रममा स्पेनको एक्स्ट्रेमादुरा प्रदेश सभाका अध्यक्ष ब्लान्सा मार्टिन, डेल्गाडोसहितका विशेष प्रतिनिधिको उपस्थिती रहेको थियो। त्यस्तै कार्यबाहक प्रधानमन्त्री बालकुष्ण खाँड, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीना, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीलगायतको पनि उपस्थिती रहेको थियो।

उक्त मूर्ति साता दिनअघि म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट रुपन्देही ल्याइएको थियो। लुम्बिनी गार्डेन फाउण्डेशनको समन्वयमा ल्याइएको मूर्ति एक हजार ८ सय किलोग्राम छ।

 

तपाईको प्रतिक्रिया