काठमाण्डाै २०७८ कार्तिक १३
केन्द्रीय सुरक्षा समिति बैठकमा देशको समग्र सुरक्षा व्यवस्थाबारे छलफल भएको छ । अवैधानिक रुपमा नेपाल प्रवेश रोक्न सीमा नाकामा थप कडाइ गर्ने गृह मन्त्रालयमा बसेको सुरक्षा समिति बैठकले निर्णय गरेको हो ।
नाकामा हुँदै आएको स्वास्थ्य जाँचलाई थप प्रभावकारी बनाउनेबारे पनि छलफल भएको छ त्यसैगरी नाकामा सीसीटीभी जडान, आवतजावत गर्दा अनिवार्य रुपमा परिचय पत्र देखाउनुपर्ने व्यवस्था गर्ने, अध्यागमन एवं सुरक्षा निकायको परिचालन अझ प्रभावकारी गराउने निर्णय भएको छ ।
नेपालमा अफगानी नागरिक र अन्य देशका नागरिक के कति छन् भन्नेबारेमा बैठकमा सुरक्षा निकायका प्रमुखहरूले कार्यवाहक प्रधानमन्त्री एवं गृह मन्त्री बालकृष्ण खाडलाई ब्रिफिङ गरेका छन् । गृहमन्त्री खाणले अनधिकृतरुपमा विदेशी नागरिक नेपाल प्रवेश गर्न नदिन सीमा नाका एवं अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गर्न निर्देशन दिनुभएको छ ।
तपाईको प्रतिक्रिया