00:00:00
खेलकुद

फाइनल खेलमा प्रशिक्षक अलमुताइरीलाई प्रतिबन्ध

शनिबार असोज ३०, २०७८/ Saturday 10-16-21

काठमाण्डाै – २०७८ असोज ३० 

       साफ च्याम्पियनसिप फुटबलको आज हुने फाइनल खेलमा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी प्रतिबन्धनमा लगाइेको छ। 

 साफ आयोजक कमिटीले नेपालका मुख्य प्रशिक्षक अलमुताइरीले लिग चरणमा बंगलादेश र श्रीलंकासँगको खेलमा पहेँलो कार्ड पाएकाले आज हुने फाइनलमा प्रतिबन्ध लगाइएको जनाएको छ ।

      प्रतिबन्धपछि अलमुताइरीले असन्तुष्टि व्यक्त गरेका छन् । भर्चुअल पत्रकार सम्मेलनमा अलमुताइरीले साफको नियमावलीमा रातो कार्ड पाएमा मात्र अफिसियलले अर्को खेल गुमाउने उल्लेख भएपनि आफूलाई दोहोरो पहेँलो कार्ड खाएकै भरमा प्रतिबन्ध लगाइएको भन्दै असन्तुष्टि पोखेका छन् । उनले साफका पदाधिकारीले नेपालले प्रतियोगिता नजितोस् भनेर नियमावलीमै नभएको प्रावधान लागु भएको आरोप लगाएका छन् ।

‘नेपालले साफमा गरेका उत्कृष्ट प्रदर्शनबाट साफका पदाधिकारी खुसी छैनन्, उनीहरुले भारत प्रेरित निर्णय गरे’, अलमुताइरीले बताउनुभएको छ । नेपाल र बंगलादेशसँगको खेलपछि रेफ्रीमाथि हातपात गर्नेहरुलाई साफ पदाधिकारीले केही नगरेको भन्दै मूख्य प्रशिक्षक अलमुताइरीले भारतीय प्रशिक्षकले रातो कार्ड खाएर मैदान जान पाएनन् भन्दैमा नेपाली प्रशिक्षकलाई अन्याय गर्न नमिल्ने बताउनुभएको छ।

     दोहोरो पँहाेलो कार्डका कारण आज अञ्जन विष्ट पनि खेल्न पाउने छैनन । नेपाल पहिलोपटक साफको फाइनलमा पुगेको छ । उपाधिको लागि आज राति पौने ९ बजे नेपालले भारतसँग खेल्दैछ ।

तपाईको प्रतिक्रिया