00:00:00
खेलकुद

साफ च्याम्पियनसीप उपाधिका लागि नेपाल र भारत भिड्दै

शनिबार असोज ३०, २०७८/ Saturday 10-16-21

काठमाण्डौ २०७८ असोज ३० 

       माल्दिभ्समा जारी साफ च्याम्पियनसीपको तेह्रौं संस्करणको साफ च्याम्पियनसिप फुटबल उपाधिका लागि आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै छ । खेल राति पौने नौ बजे मालदिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने छ ।

फाइनल खेलमा नेपाली टिमका एक जना महत्वपूर्ण सदस्य अन्जन विष्ट भने खेल्ने छैनन् । लगातार दुईवटा खेलमा पहेंलो कार्ड पाएका कारण विष्टले फाइनल खेल गुमाउने भएका हुन् । बंगलादेशविरुद्धको खेलमा अञ्जन विष्टले नै बराबरी गोल फर्काएका कारण नेपालले साफ च्याम्पियनसिपको इतिहासमै पहिलोपटक फाइनलमा स्थान बनाएका थियो ।

नेपाल पहिलोपटक यस प्रतियोगिताको फाइनलमा पुगेको हो । तर,भारतले सात पटक उपाधि जितिसकेको छ । गत बुधबार बंगलादेशसँग बराबरी खेलेर नेपालले फाइनलको यात्रा तय गरेको हो । 

तपाईको प्रतिक्रिया