00:00:00
स्वास्थ्य

कपिलवस्तुमा झाडापखालाबाट दुई जनाको मृत्यु,५२ जना अस्पताल भर्ना

२०० बढी बिरामी
मंगलबार असोज १९, २०७८/ Tuesday 10-05-21

बुटवल - २०७८ असोज १९

        झाडापखालाबाट कपिलवस्तुको कृष्णनगरमा दुई जनाको मृत्यु भएको छ । कृष्णनगर नगरपालिका–८ का ४५ वर्षीय बब्लु केवट र वडा नम्बर ९ का चार वर्षीय बालक रहेको नगरपालिकाका मेयर रजतप्रताप शाहले बताउनुभएको छ ।

  झाडापखाला लागेका ५२ जनाको शिवराज अस्पताल बहादुरगञ्जमा उपचार भइरहेको र गम्भीर अवस्थाका ७ जनालाई अन्यत्र रिफर गरिएको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले जानकारी दिनुभयो । दूषित पानीका कारण झाडापखाला फैलिएको पाण्डेले बताउनुभयो । नगरपालिकाको बहादुरगंज , सुखरामपुर , देवानगढिया , जमुनी , दयानगर, विजयनगर ,जुमिला, डबरा लगायतका गाउँमा झाडा पखाला र बान्ताका बिरामी निरन्तर बढ्दै गएको कृष्णनगर स्वास्थ्य शाखाले जनाएको छ ।

      स्वास्थ्य कार्यालयबाट झाडा पखाला नियन्त्रणका लागि औषधि र जनशक्ति कृष्णनगर पठाइसकिएको र आफू पनि प्रभावित क्षेत्रमै रहेको पाण्डेले बताउनुभयो।‘दूषित पानीकै कारण झाडापखाला फैलिएको हो, पानी कहाँ कसरी दूषित भयो भन्ने पत्ता लगाउँदैछौं,’ पाण्डेले बताउनुभयो । नगरपालिकाको वडा नम्बर ७, ८ र ९ मा राति १२ बजेदेखि झाडापखाला लाग्ने बिरामीको संख्या ह्वात्तै बढेको मेयर शाहले बताउनुभयो।

तपाईको प्रतिक्रिया