00:00:00
राष्ट्रिय

एमालेमा अब १५ जना पदाधिकारी रहने, उपाध्यक्ष पद सृजना

आइतबार असोज १७, २०७८/ Sunday 10-03-21

काठमाण्डाै २०७८ असोज १७ 

      नेकपा एमालेको पदाधिकारी सङ्ख्या १५ सदस्यीय हुने भएको छ । ललितपुरमा चलिरहेको विधान महाधिवेशनमा १० वटा समूहको निष्कर्ष, सुझाव र जिज्ञासाको सम्बोधन गर्दै उपमहासचिव विष्णु पौडेलले पदाधिकारीको सङ्ख्या १५ जना पुर्‍याइने जानकारी दिनुभयो । 

एमालेले एक अध्यक्ष, एक वरिष्ठसहित पाँच उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात जना सचिव रहने प्रावधान ल्याएको छ । यसअघि प्रस्तावित विधानमा उपमहासचिव पद नरहने उल्लेख भए पनि सहभागितको सुझावका आधारमा उपमहासचिव पद यथावत् रहने व्यवस्था गरिएको हो ।       यस्तै पोलिटब्युरो हटाइएको छ भने स्थायी कमिटीमा ४५ जना र केन्द्रीय समितिमा दुई सय २५ जना सदस्य रहने व्यवस्था गरिएको छ । दस्तावेजहरूमाथि उठेका प्रश्नको अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिएपछि महाधिवेशन आजै सकिनेछ । 

विधान महाधिवेशनमा पार्टीको निर्वाचन आयोग पनि गठन गर्ने कार्यसूची छ । त्यसैगरी समसामयिक प्रस्ताव पनि महाधिवेशनले पारित गर्ने एमालेले जनाएको छ । गएकाे शुक्रवार अध्यक्ष ओलीले उद्घाटन गर्नुभएको विधान महाधिवेशनमा देशभरका ६ हजार तीन सय ४७ जना प्रतिनिधि सहभागी रहेका छन् । 

तपाईको प्रतिक्रिया