शिक्षा
लुम्बिनी बाणिज्य क्याम्पसको हाताभित्र टिकटक बनाउन निषेध
बिहीबार असोज १४, २०७८/ Thursday 09-30-21
रुपन्देही-बुटवल
२०७८ असोज १४
रुपन्देही जिल्ला बुटवलको लुम्बिनी बाणिज्य क्याम्पसको हाताभित्र अबदेखि टिकटक बनाउन नपाइने भएको छ। क्याम्पस प्रमुख ताराप्रसाद उपाध्यायले बिहीबार एक विज्ञप्ती जारी गर्दै क्याम्पसले टिकटक, फेसबुक, इन्स्टाग्राम, इमो जस्ता आधुनिक प्रविधीको प्रयोग गर्न निषेध गरिएको बताएका हुन् । टिकटक, फेसबुक, इन्स्टाग्राम, इमो जस्ता समाजिक सञ्जाल प्रयोग गरिएको थाहा पाइएमा कानूनी कारबाहीका लागि सिफारिस गरिने उपाध्यायले बताउनुभयो ।
उपाध्यायले लुम्बिनी वाणिज्य क्याम्पस हाताभित्र टिकटक, फेसबुक, इन्स्टाग्राम, इमो जस्ता प्रविधि प्रयोग गरी कुनै पनि गतिविधि गर्न निषेधित गरिएको हुँदा अन्यथा पाइएमा कानूनी कारबाहीका लागि सिफारिस गरिने बेहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको बताउनुभयो।
तपाईको प्रतिक्रिया