00:00:00
राष्ट्रिय

श्रीपेच चोर्न प्रयास गरेकाे आरोपमा एक जना पक्राउ

शुक्रबार असोज ८, २०७८/ Friday 09-24-21

काठमाण्डाै २०७८ असोज ८ 

 नारायणहिटी दरबार सङ्ग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् । दरबार सङ्ग्रहालयमा अवलोकनमा गएका रुकुम पश्चिम मुसिकोट नगरपालिका ११ का २५ वर्षीइ खेमबहादुर घर्ती पक्राउ परेका महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिनुभयो । दाहालका अनुसार घर्तीले ३ फिट लम्बाइ र २ फिट चौडाइ भएको सोकेसमा रहेको श्रीपेच झिक्न खोजेका थिए । 

प्रारम्भिक अनुसन्धानमा घर्तीको मानसिक अवस्था ठिक नभएको देखिएको एसएसपी सिंहले बताउनुभएको छ । घर्तीले श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फुटाउन प्रयास गरेका र श्रीपेचको सुरक्षामा खटिएका सेनाले समातेर प्रहरीको जिम्मा लगाएको नारायणहिटी दरबार सङ्ग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया