राजन पन्थी, तिलोत्तमा
२०७८ असोज ४
संबिधान दिवसकै अवसर पारेर नेपाल राष्ट्रीय शिक्षक संगठन रुपन्देहीले मणिग्राममा एक कार्यक्रम गरी आफ्नो वार्षिक कार्य योजना सहितको क्यालेण्डर बिमोचन गरेकोछ । कार्यक्रममा तिज गित प्रतियोगिता र चित्रकला प्रतियोगिता मा बिजयी प्रतियोगीहरु लाई पुरस्कार र प्रमाण पत्रले सम्मान गरिएको छ ।
यसरी पुरस्कृत हुनेमा तिज गित तर्फ कञ्चन गाउँपालिका प्रथम, तिलोत्तमा नगरपालिका दोस्रो, बुटवल उपमहानगरपालिका तेस्रो र सैनामैना एवं सियारी गाउँपालिका ले प्रोत्साहन स्थान रहेका छन्। त्यसैगरी चित्रकला तर्फ प्रथम र द्धितीय स्थान दुबै सिद्दार्थनगर नगरपालिका, तृतिय बुटवल उपमहानगरपालिका र प्रोत्साहन स्थानमा तिलोत्तमा नगरपालिका रहेका छन्।
संगठनका रुपन्देही अध्यक्ष धनेश्वर गौतमको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश का पूर्ब मन्त्री लिला गिरीले आफ्नै भवन निर्माण गर्न लागेकोमा संगठनलाई बधाई दिदै नेपालका सबै पुराना राजनैतिक शक्तिहरुको संगठन बिकासमा शिक्षकहरुको अतुलनिय योगदान रहेको बताउनुभयो ।
संगठनका केन्द्रिय कोषाध्यक्ष बिष्णु भण्डारीले नया शिक्षा ऐन आएमा धेरै कुरा सम्बोधन हुने भन्दै अबको शिक्षाको मुद्दा भनेकै नया शिक्षा ऐन रहेको बताउनुभयो। कार्यक्रममा शिक्षक नेताहरु बुद्दी सागर भट्टराई, मोती सुबेदी, छवि पाण्डे डिल्लीराज भण्डारी, डोलराज पाण्डे, यज्ञ सापकोटा र कल्पना पाण्डे लगायतले बोल्नुभएको थियो।
तपाईको प्रतिक्रिया