तिलोत्तमा २०७८ असोज २
रुपन्देहीको तिलोत्तमा नगरपालिका-५ मणिग्राममा शुक्रबार तिलोत्तमा गार्मेन्ट्स प्रालिको शुभारम्भ गरिएको छ । बिश्वकर्मा दिवसको अवसर पारी उप-मेयर जागेश्वर कुमारी चौधरीले रिवन काटेर सो गार्मेन्ट्सको उद्घाटन गर्नु भएको थियो ।
तिलोत्तमाका सफल व्याबसायीहरु दिपक भुर्तेल, खिमानन्द भट्टराई र देवेन्द्र दर्नालले १ करोड बढी लगानिमा गार्नेन्ट्स सन्चालनमा ल्याएका हुन ।शुक्रबार सम्पन्न शुभारम्भ कार्यक्रममा तिलोत्तमा गार्मेन्ट्स प्रालीका अध्यक्ष दिपक भुर्तेलले रुपन्देहीको केन्द्र भागमा रहेर आफुहरुले देशब्यापी रुपमा उत्कृष्ट सेवा प्रदान गर्ने बताउनु भयो ।
गार्मेन्ट्समा विभिन्न खेलका जर्सी, स्कुल कलेजका ड्रेस, अन्य संघसंस्थाका ड्रेस, विभिन्न खाले गुणस्तरीय युनिफर्महरु साथै अन्य कपडाहरु सुपथ मुल्यमा उपलब्ध हुने भुर्तेलले जानकारी दिनुभयो । उद्घाटनका अवसरमा सो गार्मेन्ट्सले आफ्नो उत्पादनका सामानमा २५५ छुटको घोषणा समेत गरेको थियो।
तपाईको प्रतिक्रिया