तिलोत्तमा-रुपन्देही
२०७८ भदौ २२
रुपन्देहीको तिलोत्तमामा युवतीको संकास्पद मृत्यु आफन्तले छानविन गरी दोषी माथि कारबाहीको माग गरेका छन् । २ बर्षअघि तिलोत्तमा-८ मणिग्राम चार नम्बरमा बिबाह भएकी सीता भण्डारी पौडेलको आफ्नै घरमा हत्या भएको भन्दै माइती पक्षले कारबाहीका लागि प्रहरीमा जाहेरी दिए पनि सुनुवाई नभएको भन्दै गुनासो व्यक्त गरेका छन् ।
माइती पक्षले भदौ १९ गते राती हत्या भएको भन्दै छानविनका लागि जाहेरी दर्ता गर्न इलाका प्रहरी कार्यालय बुटवलमा गए पनि सुनुवाई नभएपछि न्यायका लागि पहल गरिदिन आग्रह गरेका छन् । मँगलबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी २७ वर्षिया मृतक युवती सीता भण्डारीका बुबा हरिप्रसाद भण्डारीले परिवारको योजनामा नै आफ्नो छोरीले ज्यान गुमाउनुपरेको भन्नुभएको छ ।
‘भदौ १९ गते रातीको घटना माइतिपक्षलाई भोलि विहान २० गते ५ बजेमात्रै जानकारी दिइएको थियो ।’ भन्दै पाल्पामा दरबार रिसोर्ट संचालक सीताका श्रीमान ४३ वर्षिय टीका पौडेल लगाएत परिवारले योजनावद्ध रुपमा आफ्नो छोरीको हत्या गरेको भए पनि प्रहरीले घटनालाई सत्यतथ्य छानविन नगरी लुकाउन खोजिरहेको भन्दै न्यायका लागि भण्डारीले आग्रह गर्नुभएको थियो। -घटनाको विपरण सुनाउँदै माइती पक्षले भने परिवार र प्रहरीले यस घटनालाई ‘आत्महत्या’ हो भन्दै वास्तविकता लुकाउन खोजेका बाटएका छन।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्ष मदन कुँवरले भने अहिलेसम्म जाहेरी आफू कहाँ नआएको तर घटना बारे छानविन भइरहेको हुँदा अनुसन्धानमा प्रभाव पर्ने भएकाले सबै कुरा बताउन नमिल्ने बताउनुभयो ।
तपाईको प्रतिक्रिया