भैरहवा २०७८ भदौ २१
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेले नेकपा (एकीकृत समाजवादी) रोज्नुभएको छ ।उपप्रमुख काफ्ले नेकपा एमालेबाट निर्वाचित हुनुभएको थियो पार्टी विभाजनपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोज्नुभएको हो ।
सोमबार काफ्लेले जिल्ला निर्वाचन कार्यालय पुगेर सनाखत गर्नुभएको हो ।त्यसैगरि बुटवल उपमहानगरपालिका-३ का वडा सदस्य चिनबहादुर गुरुङ,बुटवल-२ का वडा सदस्य सुनिल शाक्य र बुटवल १८ का वडा सदस्य गोपाल खनालले पनि एकीकृत समाजवादी पार्टी रोजेर जिल्ला निर्वाचन कार्यालयमा सनाखत गरेका छन् ।
एकीकृत समाजवादी पार्टी रुपन्देहीका अध्यक्ष राजु गुरुङले तिलोत्तमा-११ का वडा सदस्य यज्ञश्वर क्षेत्री र शुद्धोधन गाउँपालिकाका जनप्रतिनिधि पनि सनाखतका लागि निर्वाचन कार्यालयमा आउने क्रममा रहेका जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया