00:00:00
राष्ट्रिय

नेता बस्नेतलाई प्रधानमन्त्री देउवाको चुनौती

शुक्रबार भदौ १८, २०७८/ Friday 09-03-21

काठमाण्डौ २०७८ भदौ १८ 

     प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका नेता महेश बस्नेतलाई जिल्ला सभापति दुर्लभ थापालाई चुनावमा हराएर देखाउन चुनाैती दिनुभएकाे छ । 

यसअघी प्रधानमन्त्री देउवालाई एमाले नेता बस्नेतले भक्तपुरबाट चुनाव लडेर देखाउन चुनाैती दिनुभएको थियो । त्यसकै जवाफमा आज भक्तपुरको सूर्यविनायक नगरपालिका ५ कटुञ्जेमा आयोजित वडा अधिवेशनको शुक्रवार उद्घाटन गर्दै देउवाले नेता बस्नेतलाई जिल्ला सभापति दुलर्भ थापालाई चुनावमा हराएर देखाउन चुनौती दिनुभएकाे हाे ।  

कार्यक्रममा प्रधानमन्त्री देउवाले आउँदाे चुनावमा कांग्रेसको उपस्थिति बलियो रहने बताउँदै भक्तपुरमा पार्टी बलियो अवस्थामा रहेको बताउनुभयो । सोही अवसरमा उहाँले पार्टीको महाधिवेशनले आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने बताउनुभयो । 

कांग्रेस सभापति देउवाले पार्टीको १४ औँ महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्न पनि आह्वान गर्दै महाधिवेशनलाई सफल बनाउन स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी अधिवेशनमा सहभागी हुन सबैमा आह्वान गर्नुभएको थियो। 

तपाईको प्रतिक्रिया