00:00:00
राष्ट्रिय

श्रीलङ्कन एअरको पहिलो उडान काठमाण्डौ आइपुग्याे

मंगलबार भदौ १५, २०७८/ Tuesday 08-31-21

काठमाण्डाै-२०७८ भदौ १५ 

      श्रीलङ्काको राष्ट्रिय ध्वजावाहक श्रीलङ्कन एअरलाइन्स काठमाण्डौ आइपुगेको छ । बिहान ९ बजेर ४० मिनेटमा १ सय ४० जना यात्रु लिएर श्रीलङ्कन एअरको पहिलो उडान काठमाण्डौ आइपुगेको हो ।

श्रीलङ्कन एअरले श्रीलङ्काबाट लुम्बिनीमा आउने बौद्ध धर्मावलम्बीलाई लक्षित गर्दै आजदेखि श्रीलङ्का– काठमाण्डौ सिधा उडान सुरु गर्ने भएको हो। तत्काललाई हप्तामा दुई दिन मङ्गलवार र शनिवार श्रीलङ्कन एअरले कोलम्बो–काठमाण्डौ उडान भर्ने छ । त्यसपछि यात्रुको चापअनुसार उडान सङ्ख्या थपघट गर्ने तयारी छ ।

नेपालका लागि आधिकारिक ट्राभल एजेन्सी जेनिथ ट्राभल प्रालिका अनुसार रोजगारीका लागि श्रीलङ्का जाने नेपालीलाई लक्षित गरेर उडान सुरु गरिएको र यसले अवस्था सामान्य भएपछि पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्नेछ । यस्तै भारत हुँदै लुम्बिनी घुम्न आउने बौद्ध धर्मावलम्बी लगायतलाई पनि सजिलो हुने विश्वास गरिएको छ ।

नेपाल घुम्न आउने विदेशी पर्यटकमा श्रीलङ्का प्रमुख पाँच देशभित्र पर्छ यहाँको कुल जनसङ्ख्याको ७० प्रतिशत बौद्ध धर्मावलम्बी रहेका छन।अहिले श्रीलङ्कन एअरलाइन्सले साउदी अरेबिया, कतारको दोहा, माल्दिभ्स र दुबई उडान गरिरहेको छ ।

एअरलाइन्सले आउँदो सेप्टेम्बरदेखि जापान, अस्ट्रेलिया र लण्डनमा पनि उडान सुरु गर्ने योजना बनाएको छ ।

तपाईको प्रतिक्रिया