काठमाण्डौ २०७८ भदौ १४
आजबाट पानी पर्नेक्रम केही कम हुने भएको छ । आजबाट क्रमशः पानी पर्नेक्रम विस्तारै कम हुँदै जाने मौसमविद् राजु प्रधनाङ् बताउँछन् । यद्यपि पहिरोको सम्भावना भने कायम नै रहेको उनको भनाइ छ । लामो समय निरन्तर पानी परेकाले अब सामान्य वर्षा हुँदा पनि पहिरो जान सक्ने उनी बताउँछन् । निरन्तरको वर्षाले गलेको जमिन सामान्य पानी पर्दा पनि बग्नसक्ने उनको भनाइ छ । त्यसैले सतर्क हुनु पर्ने अवस्था रहेको मौसमविद् प्रधानाङ् बताउँछन् ।
आज दिउँसो देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनि प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेशका र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन विभागको अनुरोध छ ।
तपाईको प्रतिक्रिया