00:00:00
राष्ट्रिय

बाढी पहिरोको कारण चार दिनयता १२ जनाको ज्यान गयो

सोमबार भदौ १४, २०७८/ Monday 08-30-21

काठमाण्डाै २०७८ भदौ १४  

 चार दिन देखी अबिरल परिरहेको पानीका कारण आएको बाढी पहिरोमा परि १२ जनाको ज्यान गएको छ । बाढिका कारण तीन जना बेपत्ता भएका छन् भने ९ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालका अनुसार करिब ५ हजार घर डुबानमा परेका छन् । ९० हजारभन्दा धेरै मानिस प्रभावित भएका छन् ।

केही दिनदेखि अबिरल परिरहेको वर्षाले रुपन्देही, नवलपरासी, कपिलवस्तु, कैलाली, बाँके, दाङ, काभ्रे, सुर्खेत, पाल्पा, सिन्धुपाल्चोक, दार्चुला, बझाङ, उदयपुर, सिरहा, सर्लाही, रौतहट, धनुषा, झापा लगायतका जिल्लामा बढी असर गरेको छ ।

बाढी पहिरो पीडितलाई बिभिन्न पालिकामार्फत उद्धार र राहतको काम भइरहेको जानकारी दिनुभयो । उद्धार र राहत आवश्यक परेमा नजिकको प्रहरी र आफ्नो पालिकामा सम्पर्क गर्न पनि प्राधिकरणले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया