खेलकुद
सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै बिग बास खेल्ने
बिहीबार भदौ १०, २०७८/ Thursday 08-26-21
काठमाण्डाै-२०७८ भदौ १०
नेपाली लेग स्पिनर सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै नयाँ सिजनको बिग बास लिग खेल्ने भएका छन् ।
नयाँ सिजनका लागि अस्ट्रेलियन फ्रेन्चाइज टिम होबार्टले सन्दीपको सम्झौता नवीकरण गरिएको जनाएको छ । सन्दीपले अघिल्लो सिजन होबार्टबाटै खेल्नुभएको थियो । गएको सिजनमा लामिछानेले होबार्टका लागि ८ खेलमा ८ विकेट लिनुभएको थियो । त्यसअघि सन्दीपले मेलबर्न स्टार्सबाट बिग बास लिग खेल्नुभएको थियो ।
बिग बासको नयाँ सिजन आउँदाे डिसेम्बर ५ तारिखदेखि २०२२ को जनवरी २८ तारिखसम्म हुने छ । सन्दीप अहिले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय श्रृङ्खलाका लागि ओमानमा रहनुभएको छ।
तपाईको प्रतिक्रिया