00:00:00
राष्ट्रिय

कोरोनाका कारण रहेनन् हाँस्य कलाकार ‘बखते’

शनिबार भदौ ५, २०७८/ Saturday 08-21-21

२०७८ भदौ ५

       चर्चित कलाकार शम्भुराज थापाको कोरोना सङ्क्रमणबाट निधन भएको छ । तीन दशकदेखि कलाकारितामा सक्रिय ५५ वर्षीय थापाको पाटन अस्पतालमा शनिबार बिहान उपचारको क्रममा निधन भएको हो ।  

    थापाले पछिल्लो समय हल्का रमाइलो टेलिश्रृङ्खलामा ‘बखते’ को भूमिका निभाउनुभएको थियो ।थापाले मह सञ्चारको ‘आमा’,‘गोलमाल’, ‘भद्रगोल’,‘मेरी बास्सै’ लगायतका टेलिश्रृङ्खलामा अभिनय गर्नुभएको छ ।

एउटा राम्रो साथै मिलनसार कलाकार गुमाउन पुगेको भन्दै थापाको निधनप्रति थुप्रै कलाकारहरुले दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली दिइरहेका छन् । थापाको श्रीमती,एक छोरी र एक छोरा छन् । उहाको शनिबार नै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ 


 

तपाईको प्रतिक्रिया