Recent News

 

बाँकि समाचारहरु

Today's Program

 

Opinion Poll

 

Loading...

Join Us on Facebook

 

News

जनमोर्चा नेपालद्वारा विरोध ।।

जनमोर्चा नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापनको जिम्मा भारतलाई दिन लागिएको भन्दै सरकारको विरोध गरेको छ । प्रधानमन्त्री डा बाबुराम भट्टराईले सुरक्षा र गोपनीयताको हिसाबले अत्यन्त संवेदनशील त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा भैरहवा र पोखरा विमानस्थलको व्यवस्थापनको जिम्मा भारतीय कम्पनीलाई दिन लागिएको विरोधस्वरुप जनमोर्चाले आज प्रधानमन्त्री र एकीकृत नेकपा माओवादी अध्यक्षको व्यङ्ग्यचित्र प्रदर्शन गरेर विरोध गरेको हो । जनमोर्चा नेपालले विभिन्न देशसँग गरिएको असमान सन्धि–सम्झौता खारेज गर्नुपर्ने, भारतसँग गरिएको बिप्पा खारेज गर्नुपर्ने, विदेशीलाई नागरिकता दिन बन्द गर्नुपर्ने, बहुपहिचानसहितको राज्य पुनःसंरचना गर्नुपर्ने र सीमावर्ती क्षेत्रमा भरपर्दो सुरक्षा व्यवस्था गर्नुपर्ने लगायतका माग गरेको छ । विरोधसभालाई सम्बोधन गर्दै पार्टीका महासचिव साध्यबहादुर भण्डारीले आफ्ना माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
 

Comments

Other Top Stories