Recent News
- नवलपरासी जिल्लामा अझपनि कुल एकलाख आठ हजार ८६ जना निरक्षर
- बागलुङमा पनि गरिवि पहिचान गरि परिचयपत्र वितरण गरिँदै ।।
- ३० औ नेत्रस्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदै ।।
- काभ्रेका पत्रकारहरुलाई यातायात भाडामा ४५ प्रतिशत छुट ।।
- सरकार र सद्भावना पार्टीबीच वार्ता हुँदै ।।
- उच्चस्तरीय राजनीतिक समिति सक्रिय ।।
- राप्रपा–राजपा एकता महाधिवेशनमा नयाँ कार्यसमितिका लागि मतदान हुँदै ।।
- संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठक सम्पन्न ।।
- ५ जना डनविरुद्व विशेष अदालतमा मुद्दा दायर ।।
- नेपाली कांग्रेसको केन्द्रिय विभागमा अछाम र बाजुराबाट ९ जना मनोनित ।।
बाँकि समाचारहरु
Today's Program
- Halkhabar
@09:00 Hrs
- Jivan Chakra
@09:30 Hrs
- Halkhabar
@10:00 Hrs
- Look Geetharu
@10:15 Hrs
- Halkhabar
@11:00 Hrs
- View All
Opinion Poll
Loading...
Join Us on Facebook
News
नवलपरासीमा बस दुर्घटना
हरि शर्मा
परासी, ३१ असार ः नवलपरासीका त्रिवेणी स्थित मूख्य पश्चिम गण्डक नहरमा आईतवार दिउसो एक तिर्थालु बोकेको बस खस्न पुग्दा ३९ यात्रुको मृत्यु भएकोछ । मृत्यु हुनेमा अधिकाश भारतिय नागरिकहरु रहेकाछन् । मृत्यु हुनेमा तिन नेपाली सहित एक ५ वर्षिय बालिका, १० महिला र २८ जना पुरुषहरु रहेकाछन । मृत्तक मध्ये ३७ जनाको मात्र सनाखत भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक ज्ञानविक्रम शाहले बताए ।
गुठिसुर्यपुरा गाविसको झोलनि पुर वाट १२.३ बजे छुटेको लु १ ख २३५६ नम्बरको उक्त बस करिब एक घण्टा पछि सो स्थानमा आईपुग्दा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएकोछ । करिब १ सय २० यात्रुहरु बोकेर आउदै गरेको उक्त वसका यात्रुहरु मध्ये अबेर सम्म २७ जना सम्पर्कमा आएकाछन् । दुर्घटनामा परेका १० जना मध्ये ५ जनाको जिल्ला सदरमुकाम स्थित पृथ्वीचन्द्र अस्पताल र ५ जनाका चौपातामा रहेको शहिद स्मृति सामुदायिक अस्पतालमा उपचार भैरहेकोछ । उपचार गराई रहेका घाईतेहरुको अवस्था खतरा मुक्त रहेको चिकित्सकहरुले जनाएकाछन् ।
त्रिवेणीधाम तर्फ जादै गरेको उक्त बस दुर्घटना भएको स्थान पक्कि सडक भएपनि विपरित दिशा वाट आईरहेका एक ट्रक र ट्याक्टरलाई साईड दिने क्रममा सडक छेउमा रहेको हिलोमा फस्न पुग्दा वस दुर्घटना भएको बताईएकोछ । हिलोमा बसको पाग्रा अड्किएपछि निकाल्ने क्रममा बसको गियर ह्वात्तै अगाडि गएपछि दुर्घटना भएको हुन सक्ने प्रत्यक्षदर्शिले बताएकाछन् । प्रहरीले भने अत्याधिक यात्रु भएको र साईड दिने क्रममा अनियन्त्रि हुन पुग्दा दुर्घटना भएको हुन सक्ने जनाएकोछ । उता पौडि खेलेर बांच्न अधिकांश यात्रुहरुले भने चालकले मदिरा सेवन गरेका कारण दुर्घटना भएको दाबि गरेकाछन् ।
बस दुर्घटना भएपछि नजिकै रहेको प्रहरी, त्रिवेणी स्थित नेपाली सेना र स्थानियवासीहरुले तत्कालै उद्धार गरेको प्रहरी उपरिक्षक शाहले बताए । मृतकको संख्या बढ्दै गएपछि थप मद्धतका लागि जिल्ला प्रहरी कार्यालय वाट प्रहरी परिचालन गरि प्रहरी उपरिक्षक शाह र प्रमुख जिल्ला अधिकारी बिर वहादुर राई घटना स्थल पुगेका थिए ।
भारतको महाराजगञ्ज वाट साउन मैनामा लाग्ने त्रिवेणीधामकोे मेला भरेर त्रिवेणीको पानी लिएर भारत स्थित इटैया भन्ने मन्दिरमा जल चडाउन तिर्थालुहरु उक्त वसमा चढेर आएका थिए ।
उद्धार कार्यमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले घटना स्थल देखि करिब डेढ कि.मि तल वाट समेत शव निकालेका थिए । दुर्घटनामा अझ पनि हराई रहेको हुन सक्ने आशंकाले अबेर सम्म खोजि कार्य भैरहेको प्रहरीले जनाएकोछ । गण्डक नहरमा पानी रहेका कारण उद्धार कार्यमा कठिनाई भएपछि भारतले गण्डक नहरको पानी समेत थुनेर उद्धार कार्यमा सहयोग गरेको प्रहरीले जनाएकोछ ।
दुर्घटनामा सनाखत भएका यात्रुहरु
संख्या मृतकको नाम ठेगाना
१. गोपाल गुप्ता महाराजगञ्ज
२ बन्ना पाल महाराजगञ्ज
३ ६ वर्षिय शनि अंसारी महाराजगञ्ज
४ शुशिला लहारी महाराजगञ्ज
५ गोपाल गुप्ता महाराजगञ्ज
६ राजु पटेल महाराजगञ्ज
७ अजय बर्मा महाराजगञ्ज
८ भिम यादव महाराजगञ्ज
९ जितेन्द्र प्रजापती महाराजगञ्ज ठुठिबारी
१० बेगुलाल यादव महाराजगञ्ज ठुठिबारी
११ बलदेव मद्धेशिया महाराजगञ्ज
१२ नरसिंह यादव महाराजगञ्ज
१३ जगरनाथ मद्धेशिया महाराजगञ्ज
१४ प्रदिप फोजदार महाराजगञ्ज
१५ नरसिंह यादव महाराजगञ्ज बर्गदवा
१६ अन्ना सुनार महाराजगञ्ज
१७ बालु कन्हैया महाराजगञ्ज
१८ दशवति गडेरी महाराजगञ्ज
१९ दर्शन बानिया महाराजगञ्ज वर्गदवा
२० धिरज यादव महाराजगञ्ज वर्गदवा
२१ मदन मद्धेशिया महाराजगञ्ज
२२ अयोध्याय गडेरी महाराजगञ्ज
२३ केशव कहांर महाराजगञ्ज
२४ वन्ना लाल महाराजगञ्ज
२५ शुशिल चमार महाराजगञ्ज
२६ मदन चौरासिया महाराजगञ्ज
२७ सुरेश यादव महाराजगञ्ज
२८ कांग्रेस यादव महाराजगञ्ज
२९ पृथ्वी बरैया महाराजगञ्ज
३० मनिस पटेल महाराजगञ्ज
३१ चम्पावति गडेरी महाराजगञ्ज
३२ नन्दन पाल महाराजगञ्ज
३३ धर्मराज चमार महाराजगञ्ज
३४ सोनु कुशवहा महाराजगञ्ज
३५ शुशिल श्रेष्ठ सहचालक त्रिवेणी बजार नेपाल
३६ वफर अंसारी त्रिवेणी ९ नेपाल
३७ धिरज यादव त्रिवेणी नेपाल
Comments
Other Top Stories
- नवलपरासी जिल्लामा अझपनि कुल एकलाख आठ हजार ८६ जना निरक्षर
- बागलुङमा पनि गरिवि पहिचान गरि परिचयपत्र वितरण गरिँदै ।।
- ३० औ नेत्रस्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदै ।।
- काभ्रेका पत्रकारहरुलाई यातायात भाडामा ४५ प्रतिशत छुट ।।
- सरकार र सद्भावना पार्टीबीच वार्ता हुँदै ।।
- उच्चस्तरीय राजनीतिक समिति सक्रिय ।।
- राप्रपा–राजपा एकता महाधिवेशनमा नयाँ कार्यसमितिका लागि मतदान हुँदै ।।
- संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठक सम्पन्न ।।
- ५ जना डनविरुद्व विशेष अदालतमा मुद्दा दायर ।।
- नेपाली कांग्रेसको केन्द्रिय विभागमा अछाम र बाजुराबाट ९ जना मनोनित ।।
- Show more News


