Today's Program

 

Opinion Poll

 

Loading...

Join Us on Facebook

 

News

आजदेखि लडाकु छनोट प्रक्रिया सुरु हुँदै ।।

आजदेखि लडाकु छनोट प्रक्रिया सुरु हुँदै ।।

समायोजन रोजेका माओवादी लडाकुको छनोटप्रक्रिया आजदेखि सुरु हुने भएको छ । सेना समायोजन विशेष समितिले गरेको निर्णय र सरकारको निर्देशनबमोजिम नेपाली सेनाले आजदेखि लडाकुको भर्ना छनोट प्रक्रिया सुरु गर्न लागेको हो । संविधानसभा विघटनपछि शान्ति प्रक्रिया अन्योलमा परेको थियो । छनोटप्रक्रिया थाल्न लडाकु रहेका सातवटै शिविरमा सेनाले टोली पठाएको छ । अधिकृत तहको छनोट चिवतनमा रहेको शमशेर गणमा हुनेछ भने अरूको छनोट सम्बन्धित विरशमारमै हुने सेनाले जनाएको छ । विशेष समिति सचिवालयले समायोजना जान चाहने लडाकुहरूको व्यक्तिगत अभिलेख सेनालाई पठाइसकेको छ । स्थापित मादपण्डअनुसार लोकसेवा आयोगको प्रतिनिधिको उपस्थितिमा लडाकुहरूको छनोटप्रक्रिया सुरु गरिन लागेको हो । पहिलो चरणमा लडाकुहरूको शारीरिक योग्यताको जाँच गरिने सेनाले जनाएको छ । मापदण्डभित्र नपर्ने लडाकुहरूलाई स्वेच्छिक अवकाशको अवसर दिइने छ । झन्डै दुई महिनादेखि समायोजन रोजेका ३ हजार एक सय २३ लडाकु नेपाली सेनाको जिम्मा रहेको छ ।

 
 

Comments

Other Top Stories