Recent News

 

बाँकि समाचारहरु

Today's Program

 

Opinion Poll

 

Loading...

Join Us on Facebook

 

News

मेलै नारायणहिटी छोड्दा भन्दा अहिलेको अवस्था भयावहः पुर्वराजा शाह

मेलै नारायणहिटी छोड्दा भन्दा अहिलेको अवस्था भयावहः पुर्वराजा शाह

लक्ष्मण पौडेल
बुटवल, असार २०÷

पुर्व राजा ज्ञानेन्द्र शाहले मुलुक अहिले आफूले नारायणहिटी छोड्दा भन्दा भयावह अवस्थामा पुगेको बताउनुभएको छ ।

राजनीतिक दलका नेताहरु विदेशीको इशारामा चल्दा मुलुक अप्ठेरो र भयावह अवस्थामा पुगेको आफूले पाएको उहाँले बताउनुभयो ।

पाँचदिने जिल्ला भ्रमणका क्रममा आइतबार रुपन्देही आएका पुर्वराजा शाहले रुपन्देही र कपिलवस्तुको भ्रमण सकी मंगलबार साँझ होटल निर्वाणामा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताउनुभएको हो । “नेताहरु स्वचालित नभै परिचालित भएजस्तो लाग्छ”–उहाँले भन्नुभयो ।

मुलुकलाई अप्ठेरो स्थितिबाट पार लगाउन जनताले राजसंस्थाको भूमिका खोजेको आफूले पाएको पनि शाहले बताउनुभयो । “अहिलेको अवस्था देख्दा जनताले केही भूमिका हाम्रो पनि खोजेका छन्, धैर्य गर्नुस्, केही समयमै हाम्रो भूमिकाबारे जनताले नै भन्नेछन्”–उहाँले भन्नुभयो ।

पत्रकारमाझ खुलेर कुराकानी गर्नुभएका पुर्वराजा शाहले मुलुकमा राष्ट्रिय एकता खलबलिएकाले एकताको कडीलाई जोगाई राख्न नयाँ शक्तिको उदय आवश्यक रहेको भन्दै घुमाउरो शैलीमा राजसंस्थाको आवश्यकता औंल्याउनुभयो । “नयाँ शक्तिको उदय भनेको परम्परागत राजसंस्था पनि हुन सक्छ, अरु केही पनि हुन सक्छ”–उहाँले भन्नुभयो ।

राष्ट्रिय एकतालाई जोगाउने हो भने नयाँ शक्तिको उदयलाई सबै मिलेर बल पु¥याउनुपर्ने पुर्वराजा शाहले बताउनुभयो । तपाई राजनीतिमा जान चाहनुुहुन्छ भन्ने पत्रकारको जिज्ञासामा पुर्वराजा शाहले आफू असल राजनीतिक नबन्ने बरु राजाकै रुपमा ठीक रहेको बताउनुभयो ।

पाँचवर्षमा पनि दलहरुले संविधानको खाका जनतासामु दिन नसक्नु बिडम्बना भएको भन्दै उहाँले अहिलेको परिवर्तनले जातजातीबीच द्वन्द्व निम्त्याउने जस्ता नमिठा कुराहरु ल्याएको भन्दै चिन्ता प्रकट गर्नुभयो । “नेपाली नेपाली पुट्यौ भने र नेपाली नेपालीलाई फुटाउने खेल भयो भने यसले सिंगो मुलुकको राष्ट्रिय संरचनाको रक्षा गर्दैन”–उहाँले भन्नुभयो ।

राजसंस्थाका सन्दर्भमा जनमत संग्रहबारे पत्रकारले सोधेको जिज्ञासामा पुर्वराजा शाहले जनमत संग्रह प्रजातान्त्रिक अभ्यास भएपनि त्यसमा पक्ष विपक्ष हुने भएकाले त्यति उपयुक्त नहुने बताउनुभयो ।  

पुर्व राजा शाहले बुधवार नवलपरासीको भ्रमण सकेर बिहीबार राजधानी फर्किने कार्यक्रम छ ।

 

Comments

Other Top Stories