Recent News

 

बाँकि समाचारहरु

Today's Program

 

Opinion Poll

 

Loading...

Join Us on Facebook

 

News

प्रधानमन्त्रीको अभिव्यक्ति अधिनायकवादी सोचको परिणाम भएको एमाले महासचिवको टिप्पणी ।।

प्रधानमन्त्रीको अभिव्यक्ति अधिनायकवादी सोचको परिणाम भएको एमाले महासचिवको टिप्पणी ।।

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आफूले तत्काल राजिनामा नदिने भनेर दिएको अभिव्यक्ति अधिनायकवाद सोचको पुनरावृत्ति भएको टिप्पणी गर्नुभएको छ । राजनीतिक सहमतिलाई ठाडो चुनौती दिने गरि दिएको अभिव्यक्ति अधिनायकवाद सोचबाट निर्देशित भएको उहाँले आरोप लगाउनुभयो । चितवनको भरतपुरमा प्रेस चौतारी चितवनले आज गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले राजनीतिक र संवैधानिक सङ्कट झन–झन बढ्दै गएको भन्दै सङ्कट टार्न सहमतिको अर्को विकल्प नभएको उल्लेख गर्नुभयो । यस्तै पोखरेलले काम चलाउ सरकारले घोषणा गरेको मङ्सिर ७ गतेको चुनाव हुनै नसक्ने दावी गर्नुभयो ।

एमाले चितवनले सन्चालन गरेको पार्टी सुदृढीकरण अभियानको समापन कार्यक्रममा सहभागी हुन चितवन आउनुभएका महासचिव पोखरेलले नेकपा एमाले कुनै पनि हालतमा नफुट्ने दावी गर्दै आदिवासी जनजातिहरुले उठाएको माग यथोचित संबोधन गरिने बताउनुभयो ।

Comments

Other Top Stories