Recent News

 

बाँकि समाचारहरु

Today's Program

 

Opinion Poll

 

Loading...

Join Us on Facebook

 

News

रुपन्देहीमा सहकारी खुल्ने क्रम तिब्र दरबन्दी न्युन हुदा सहकारी अनुगमनमा कठिनाई

मनोरञ्जन शर्मा
भैरहवा, ५ असार
रुपन्देहीमा सहकारी संख्या  बैशाख मसान्त सम्म ६ सय ५० पुगे पनि जिल्ला डिभिजन सहकारी कार्यालयमा न्युन दरबन्दी हुदा सहकारीको अनुगमन,निरीक्षण लगायतको कामहरु प्रभाबित बन्दै आएको छ । कार्यालयमा अहिले डिभिजन सहकारी प्रमुख सहीत १५ जनाको दरबन्दि रहेकोमा नायब सुब्बा  एक र खरीदार ३ पद खाली रहदा कर्मचारी जम्मा ११ जना रहेको र त्यस्मा पनि ३ जना कार्यालय सहायक,एक लेखापाल र एक टाईपिस्ट भएकाले बाकी ५ कर्मचारीले पुरै जिल्लामा अनुगमन र निरीक्षण गर्न कठिनाई हुदै आएको कार्यालय प्रमुख रमा आचार्यले बताउनु भयो ।
रुपन्देही जिल्लाको २ नगर पालिका तथा ६९ गाबिस मध्ये बोदवार,बगाहा,पोखरभिन्डी र सक्रौनपकडी गाबिस बाहेक ६५ गाबिसमा सहकारी सञ्चालनमा रहेका छन् ।
“श्रोत साधन तथा कर्मचारीको अभाब र हात खुट्टा बाधिदिएर काम गर भनेको अबस्था अहिले रहेको छ,यसरी कसरी सकिन्छ अनुगमन गर्न,” आचार्यले भन्नु भयो ।
आचार्यका अनुसार रुपन्देहीमा बचत गर्ने क्रम बढदै जादा सहकारी तर्फ आकर्षण बढदै गएको छ ।तर सहकारी बढदै जादा कार्यालयमा दरबन्दी अनुसार पनि कर्मचारी नहुदा जहिले पनि समस्या हुने गरेको छ । रुपन्देहीमा ४८ सालमा २३ वटा सहकारी हुदा कार्यालयमा २७ जना कर्मचारी थिए । तर अहिले सहकारी बढदै जादा कार्यालयका कर्मचारी भने घटदै गएका छन् । जस्ले गर्दा सहकारीहरुको अनुगमन,निरीक्षण लगायतका काम प्रभाबित बनेको छ । कर्मचारी कम भए पछी सहकारी बिभागले पनि
रुपन्देहीको कार्यालयलाई आर्थिक बर्ष ६८।६९मा जम्मा १ सय ५० वटा कार्यालय मात्र निरीक्षण गर भनि निर्देशन दिएको कार्यालय प्रमुख आचार्यले जनाईन् । उन्ले ति कार्यालय निरीक्षण गर्न ६० हजार केन्द्रबाट आएको र त्यो पनि साह्रै न्युन रहेको उन्को तर्क थियो । अनुगमनमा जाने  कर्मचारीलाई रिक्सा,बस भाडा त पुग्दैन,खाजाको त कुरै छौडौ आचार्यले भनिन् । सहकारी कार्यालय भैरहवाबाट टाढा रहेका सहकारीहरुमा सालझन्डी,देबदह,रायपुर,आमा लगायतका गाबिस रहेका छन् ।
सहकारी स्थापना गर्नेहरुको संख्या बढदै जादा सहकारी कार्यालयमाथि जिम्मेवारी बढदै गएको छ । कार्यालयले सबैको अनुगमन गर्न नसक्ने भएकाले जिल्लामा रहेका त्यस्तै प्रकृतीका सहकारी सस्थालाई अनुगमन र निरीक्षणको जिम्मा सरकारले दिनु पर्ने बचत तथा ऋण सहकारी संघ रुपन्देहीका महासचिब कृष्ण प्रसाद नेपालले बताउनु भयो ।
रुपन्देहीमा रहेका सहकारी सस्थाहरुको  गत चैत्र सम्म आप्mना शेयर  सदस्य र ग्राहक सदस्यबाटभएको बचत संकलनको रकम ३ अर्ब ७७ करोड  ७ लाख एक हजार  ४ सय तिस रुपैया  पुगेको छ। । सहकारीहरुले सो अबधि सम्म  ५ अर्ब २९ करोड  ९१ लाख पाँच हजार  ६ सय १५ रुपैया बिभिन्न क्षेत्रमा लगानी गरेको छन् ।
  जिल्लाका सहकारीहरुको गत आर्थिक बर्ष सम्म संकलित बचत रकम ३ अर्ब १ करोड ३५ लाख १२ हजार ७ सय ८० रुपैया रहेको थियो । सहकारीहरुले आर्थिक बर्ष ६६।६७मा २ अर्ब ४२ करोड ६४ लाख
रहेकोमा दुई बर्ष नबित्दै ४ अर्बको हाराहारीमा बचत संकलन भएको छ ।
 जिल्लामा सकृय ६ सय ५० सहकारी  मध्ये  बचत तथा ऋण सहकारी गरी ३ सस्थाले उक्त बचत रकम संकलन गरेका हुन् ।
सहकारी तर्फ सर्बसाधारणको आकर्षण बढदै जादा रुपन्देहीमा सहकारी खुल्ने बढदै गएको छ । बित्तिय तथा सहकारी अनुशासनमा रही रुपन्देहीका सहकारीले काम गर्दा बचत संकलन बढी भैरहेको सहकारी प्रमुख आचार्यको भनाई छ । सहकारी खुल्ने क्रम बढदै जादा सर्बसाधारणमा बचत गर्ने बानि समेत परेको छ । सहकारीहरुको शेयर पुजि रकम  ४६ करोड  ४९ लाख ८७ हजार ७ सय रहेको छ । जिल्लामा
निष्कृय रहेका  सहकारी मध्ये गत आब सम्म ५५ वटा खारेज भैसकेको र  अझै पनि थप निष्किृय  २९ वटा रहेका छन् । जिल्लाका सहकारी मध्ये महिलाहरुले मात्र  बचत तथा ऋणका ३१, बहुमुखी तथा कृषी
का १० ,दुग्धमा १ र अन्य  ८ गरी ५० सहकारी संचालन गरीरहेका छन् ।
 

Comments

Other Top Stories