Recent News

 

बाँकि समाचारहरु

Today's Program

 

Opinion Poll

 

Loading...

Join Us on Facebook

 

News

धर्म निरपेक्ष र संघीयतामा जनमत संग्रह गर्नुपर्ने राप्रपा अध्यक्ष राणाको भनाइ ।।

धर्म निरपेक्ष र संघीयतामा जनमत संग्रह गर्नुपर्ने राप्रपा अध्यक्ष राणाको भनाइ ।।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले धर्म निरेपक्ष र संघीयताको विषयमा जनमत संग्रह गर्नुपर्ने बताउनु भएको छ । रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा गरेको साक्षात्कारमा राणाले धर्म निरपेक्षताको विषयमा नेपाली जनताले आफ्नो भावना व्यक्त गर्न अहिलेसम्म नपाएको भन्दै जनमत संग्रहमार्फत यो विषयमा निर्णय गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले संविधान निर्माणको बाधक राज्यको पुनर्संरचना नै भएको ठोकुवा गर्दै प्रान्तको संख्या र नामाकरणको आधारको विषयमा जनमत संग्रह गरेर विवाद टुङग्याउनु पर्ने बताउनुभयो । लडाकु परिचालन गरेर निर्वाचन आफ्नो पक्षमा पारेर सत्ता कब्जा गर्ने रणनीतिअनुसार माओवादी सरकारले निर्वाचन घोषणा गरेको दावी गर्दै प्रधानमन्त्रीले अब आफैं पद नछाडे राष्ट्रपतिले अग्रसरता लिएर हटाउनु पर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्रीको सत्ता कब्जाको रणनीति विपक्षी दलहरुको आन्दोलन र राष्ट्रपतिको कामचलाउ घोषणाको कारण रोकिएको दावी पनि गर्नुभयो ।

 
 

Comments

Other Top Stories