Recent News

 

बाँकि समाचारहरु

Today's Program

 

Opinion Poll

 

Loading...

Join Us on Facebook

 

News

पहिलोपटक नौ म्यानपावरलाई कारबाही

३० जेठ, ।

वैदेशिक रोजगार विभागले कामदार ठगी गर्ने विभिन्न नौ म्यानपावर एजेन्सीलाई जरिवाना सहति कारबाही गरेको छ । अनुसन्धानमा दोषी देखिएका ती म्यानपावरसँग १ लाख रुपैयाँ जरिवाना लिएको विभागले जनाएको छ ।

बढी रकम असुल्ने, विदेशमा अलपत्र पार्ने, रकम लिएर विदेश नपठाउने, र नक्कली करारपत्रमा पठाउने एजेन्सी कारबाहीमा परेको खबर आजको कारोबार दैनिकले छापेको छ ।

भण्डारी ओभरसिज, मेचि महाकाली ओभरसिज, भिक्टोरी नेपाल प्राली, निलकमल हृयुमन रिर्सोट, एमबीके ओभरसिज, डेस्टिनी हृयुमन रिसोर्स, मिवल्ड ओभरसिज, एलायन्स हृयुमन रिसोर्सलाई १-१ लाख र ट्यालेन्ट ओभरसिजलाई ५० हजार जरिवान गरिएको विभागले जनाएको छ । उनीहरुले विदेश पठाउँदा मापदण्ड विपरीत रकम असुल गरेको आरोप लागेको छ ।

Comments

Other Top Stories