Recent News
- २० औ मदन आश्रित स्मृति दिवशको अवशरमा नेकपा एमाले पाल्पामा अन्तरकृया कार्यक्रममा
- सप्तरीमा समलिङ्गी र तेस्रोलिङ्गी घृणा विरुद्धको दिवस मनाइयो ।।
- भारतीय नागरिकलाई राहदानी बनाई विदेश पठाउने गिरोह सप्तरीमा सक्रिय ।।
- राष्ट्रभक्तिका लागि अब लडाई हुने नेकपा माओवादी सचिव चन्दको भनाइ ।।
- राप्रपा–राजपा एकता महाधिवेशन जारी, मुलुकमा आएको परिवर्तनलाई स्वीकार गर्नुको विकल्प नभएको नेताहरूको भनाइ ।।
- उच्चस्तरीय राजनीतिक समितिको बैठक सुरु हुँदै ।।
- नवलपरासी स्थित रामग्राम नगरपालीमा भ्रष्टचार भएको भन्दै छानविन गर्न प्रशासन संग माग
- निर्वाचनमा भण्डाफोर गर्ने नेकपा–माओवादीको तयारी
- आईपिएल क्रिकेटमा आज राजस्थान र हैदरावाद भिड्दै ।।
- काठमाण्डुको ठमेलमा आगलागी, करोडौंको क्षति ।।
बाँकि समाचारहरु
Today's Program
- Radio Starts
@05:00 Hrs
- Aadhatmik Aanusthan
@05:05 Hrs
- Halkhabar 05:45 AM
@05:45 Hrs
- Sajha Khabar
@06:00 Hrs
- Isthaniya Patrapatrika ra Aaja ko Sandharva
@06:45 Hrs
- View All
Opinion Poll
Loading...
Join Us on Facebook
News
अनुमती विना नवलपरासी जिल्लामा सञ्चालन भएका विद्यालयहरुलाई कारबाही
हरि शर्मा
परासी,२९ जेठ ः अनियमित र अनुमती विना नवलपरासी जिल्लामा सञ्चालन भएका विद्यालयहरुलाई कारबाही गर्न पटक पटक जिल्ला शिक्षा कार्यालय संग माग गर्दा समेत कार्यालयले वेवास्ता गरेको जनाउदै अनुमती प्राप्त निजि विद्यालयका सञ्चालकहरुले प्रशासनलाई गुहारेकाछन् ।
निजि विद्यालयका सञ्चालकहरुको एक प्रतिनिधि मण्डलले आज प्रमुख जिल्ला अधिकारी शशिशेखर श्रेष्ठ समक्ष डेलिकेशन गई विना अनुमती सञ्चालन भएका विद्यालयहरुलाई कारबाहीको माग गरेकाछन् । प्रजिअ श्रेष्ठ समक्ष निजि तथा आवासीय विद्यालय अर्गनाईजेशन प्याव्सनका पूर्व जिल्ला अध्यक्ष धिरज शर्माले अनुगमन समिति गठन गरि त्यस्ता विद्यालयहरुलाई तत्काल कारबाही गर्न माग गर्नुभयो । कारबाहीका लागी जिल्ला शिक्षा कार्यालयमा किटानी नाम सहितको निवेदन दिदा समेत वास्ता नगरेपछि प्रशासनमा समेत निवेदन दिएको उनिहरुले गुनासो गरेका थिए ।
जिल्लामा करिब ७० वटा अनियमित र अनुमति विनाका निजि विद्यालयहरु सञ्चालनमा रहेको प्याव्सनका जिल्ला सदस्य भरत न्यौपानेले बताउनुभयो । निजि ेिवद्यालयहरुका सञ्चालकहरुको गुनासो सुनेपछि प्रजिअ श्रेष्ठले कारबाहीका लागी पुन एक पटक शिक्षा कार्यालयलाई निर्देशन दिने र एक हप्ता भित्र निजि विद्यालय अनुगमन समिति गठन गरि कारबाही प्रकृया अगाडी बढाउने आश्वासन दिनुभएको थियो ।
विना अनुमती सञ्चालन भएका विद्यालयका बारेमा जिल्ला शिक्षा कार्यालयका उप सचिव बुद्धराज बस्यालले जिल्लामा कुल एक सय ५२ निजि विद्यालयहरु रहेको र अनियमित तरिकाले सञ्चालन भएका विद्यालयहरुको कारबाहीका लागी कार्यालय मातहतमा रहेका १३ वटा श्रोतकेन्द्र र चार जना विद्यालय निरिक्षकहरुलाई लागी निर्देशन दिएको बताउनुभयो ।
अनुमती नलिई कक्षा सञ्चालन गरेका त्यस्ता विद्यालयहरुले प्रति विद्यालय ४० देखि ६० हजार वार्षिक रकम शिक्षा कार्यालयका सम्बन्धित फांटका कर्मचारी र शिक्षा अधिकारीलाई दिने गरेका कारण कारवाही नगरिएको समेत शिक्षा कार्यालय श्रोतले जनाएकोछ ।
Comments
Other Top Stories
- २० औ मदन आश्रित स्मृति दिवशको अवशरमा नेकपा एमाले पाल्पामा अन्तरकृया कार्यक्रममा
- सप्तरीमा समलिङ्गी र तेस्रोलिङ्गी घृणा विरुद्धको दिवस मनाइयो ।।
- भारतीय नागरिकलाई राहदानी बनाई विदेश पठाउने गिरोह सप्तरीमा सक्रिय ।।
- राष्ट्रभक्तिका लागि अब लडाई हुने नेकपा माओवादी सचिव चन्दको भनाइ ।।
- राप्रपा–राजपा एकता महाधिवेशन जारी, मुलुकमा आएको परिवर्तनलाई स्वीकार गर्नुको विकल्प नभएको नेताहरूको भनाइ ।।
- उच्चस्तरीय राजनीतिक समितिको बैठक सुरु हुँदै ।।
- नवलपरासी स्थित रामग्राम नगरपालीमा भ्रष्टचार भएको भन्दै छानविन गर्न प्रशासन संग माग
- निर्वाचनमा भण्डाफोर गर्ने नेकपा–माओवादीको तयारी
- आईपिएल क्रिकेटमा आज राजस्थान र हैदरावाद भिड्दै ।।
- काठमाण्डुको ठमेलमा आगलागी, करोडौंको क्षति ।।
- Show more News